कुलमानको बर्खास्तबारे सदनमा जवाफ दिन प्रधानमन्त्री ओली तयार

हिमाल प्रेस १५ चैत २०८१ १५:०९ | Friday, March 28, 2025
कुलमानको बर्खास्तबारे सदनमा जवाफ दिन प्रधानमन्त्री ओली तयार प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १८ गते सोमबार सदनमा सम्बोधन गर्ने भएका छन्। विपक्षी दलले निरन्तर सदन अवरोध गरेपछि प्रधानमन्त्री ओली सदनमा जवाफ दिन तयार भएका हुन्।

संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले विपक्षी दलले उठाएका विषयमा चैत १८ गते बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी गराएका  हुन्।

विपक्षी दलको मागअनुसार प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी गराउँदा पनि शुक्रबार सदन खोल्न विपक्षी तयार नभएको उनले बताए। यद्यपि आइतबारदेखिको बैठक भने चल्न दिने गरी सहमति भएको बर्तौलाले जानकारी दिए।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको विषयमा विपक्षी दलले प्रधानमन्त्रीको जवाफ माग गर्दै निरन्तर सदन अवरुद्ध गर्दै आएका छन्।
विपक्षीको अवरोधका कारण प्रतिस्थापन विधेयक पारित गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीले सदनमा जवाफ दिने तयारी गरेका हुन्।

प्रकाशित: १५ चैत २०८१ १५:०९ | Friday, March 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast