 
                             
                                            काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, दिनार, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको विनियमदर स्थिर छ। अर्थात शनिबार जुन मूल्यमा कारोबार भएको थियो, आज पनि अधिकांश मुद्राको कारोबार सोही मूल्यमा हुनेछ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३० पैसा छ। राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ १४ पैसा कायम भएको छ।
यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १७९ रुपैयाँ १७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९५ पैसा छ। आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ७८ पैसा छ।
आज कुबेती दिनार १ को खरिददर ४५० रुपैयाँ २५ पैसा र बिक्रीदर ४५२ रुपैयाँ २० पैसा छ।बहराइन दिनार १ को खरिददर ३६७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 