किसानको सम्मानले मात्र कृषि क्षेत्रको सुधार हुन्छ : कृषिमन्त्री

हिमाल प्रेस ७ चैत २०८१ १९:४८ | Thursday, March 20, 2025
किसानको सम्मानले मात्र कृषि क्षेत्रको सुधार हुन्छ : कृषिमन्त्री

इलाम- कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि र किसानको सम्मानले मात्र मुलुकको कृषि क्षेत्रको सुधार हुने बताएका छन्।

इलामको रोङ गाउँपालिकाले आयोजान गरेको गुरु किसान घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले गाउँपालिकाले अघि सारेको काम सराहनीय रहेको र यस खालका कार्यक्रमहरूलाई संघीय सरकारले पनि स्वामित्व लिनुपर्ने उल्लेख गरे।

स्थानीय सरकारले कृषि उत्पादन विकासका लागि ल्याएका नयाँ अवधारणाहरुको सिको सबैले गर्न जरुरी रहेको मन्त्री अधिकारीको भनाइ छ।

सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणमा लागीरहेको र आफूले कृषि तथा किसानको हित हुने कार्यक्रम समावेश गर्न पहल गरिरहेको बताए।

प्रकाशित: ७ चैत २०८१ १९:४८ | Thursday, March 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast