किन कार्यक्रम नगर्ने भए दुर्गेश?

हिमाल प्रेस ७ चैत २०८१ ८:०८ | Thursday, March 20, 2025
किन कार्यक्रम नगर्ने भए दुर्गेश?

काठमाडौँ- गायक दुर्गेश थापाले विद्यालय शिक्षा परीक्षा (एसईई) अवधिभर कुनै कार्यक्रम नगर्ने घोषणा गरेका छन्। सामाजिक संजालबाट बुधबार विज्ञप्ति जारी गर्दै उनले परीक्षा अवधिभर आफूलाई सम्पर्क नगर्न समेत भनेका छन्।

उनले भनेका छन्, ‘मलाई धेरै महोत्सव तथा इभेन्टबाट कार्यक्रमको लागि कल आइरहेको छ । यदि मैले कार्यक्रम गर्दै हिँडे भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ । ध्यान भंग गर्छ अनि भविष्यमा असर पर्न सक्छ । यी कुरालाई मध्यनजर गर्दै एसईई परीक्षा अवधिभर मैले कुनै कार्यक्रम नगर्ने घोषणा गर्दछु ।’

उनले परिक्षा र मिहेनतमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् ।

प्रकाशित: ७ चैत २०८१ ८:०८ | Thursday, March 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast