काव्य प्रेमी समूहको आयोजनामा तीन गजलसंग्रह लोकार्पण

हिमाल प्रेस ३ चैत २०८१ १०:५६ | Sunday, March 16, 2025
काव्य प्रेमी समूहको आयोजनामा तीन गजलसंग्रह लोकार्पण

काठमाडाैँ-काव्यप्रेमी समूहको आयोजनामा शनिबार एकैसाथ तीन गजलसंग्रह लोकार्पण गरिएको छ। राष्ट्रिय नाचघर जमलको प्रेक्षालयमा आयोजित कार्यक्रममा गजलकार प्रमोद थापाको गजलसंग्रह ‘अन्दाज’, अनजान यात्रीको ‘आगोको होली’ र आँचलकुमार शर्माको ‘रुद्राक्ष’ को लोकार्पण गरिएको हो।

समीक्षक भुवन निस्तेजले तीनैओटा कृतिमाथि समीक्षा प्रस्तुत गरे। दुई चरणमा विभाजन गरिएको उक्त समारोहको दोस्रो चरणमा तीनै कृतिका गजलकारहरूले गजल वाचन गरेका थिए।

नेपाल गजल प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रवि प्राञ्जल र विशिष्ट अतिथिमा करुण थापा थिए। त्यस्तै गजलकार डा.प्रदिपकुमार मैनाली, शंकर कोइराला, भुवन निस्तेज, घनेन्द्र ओझा, राधा कणेल, विष्णु प्रसाद आचार्य, बिनोद बिम्बित, गुमनाम मुसाफिर, भोजराज घिमिरे लगायत  गजलकारहरू उपस्थित थिए।

प्रकाशित: ३ चैत २०८१ १०:५६ | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast