काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी २५ रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ५० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकेजी २२ रुपैयाँ, आलु रातो प्रतिकेजी ३४ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी ३२ रुपैयाँ कायम भएको छ।
यसैगरी, मटरकोसा प्रतिकेजी ५० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकेजी ५० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ५० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकेजी १५ रुपैयाँ, भिण्डी प्रतिकेजी १३० रुपैयाँ, सखरखण्ड प्रतिकेजी ७० रुपैयाँ निर्धारण गरिएको छ।

प्रकाशित: २२ फागुन २०८१ ७:५१
प्रतिक्रिया



