काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति वाग्लेले लिए सपथ

हिमाल प्रेस ५ चैत २०८१ १५:०० | Tuesday, March 18, 2025
काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति वाग्लेले लिए सपथ

काठमाडौँ– काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.अच्युतप्रसाद वाग्लेले पद तथा गोपनीयताको सपथ लिएका छन्। विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उनले मंगलबार सपथ लिएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उपकुलपति डा. वाग्लेले शपथ लिएका हुन्। कुलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिको सिफारिसका आधारमा डा. वाग्लेलाई विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम सोमबार नियुक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले उपकुलपति नियुक्तिमा हुन पुगेको ढिलाइको सन्दर्भसमेतलाई ध्यान दिएर आगामी दिनमा सजगताका साथ सम्बन्धित सबै पक्षको साझा विश्वविद्यालय बनाउने गरी काम अघि बढाउन शुभकामना दिए।

त्यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेलगायत सहभागी थिए।

नवनियुक्त उपकुलपति प्राडा. वाग्ले यसअघि काठमाडौँ विश्वविद्यालयका कार्यवाहक उपकुलपति एवं रजिष्ट्रार थिए।

प्रकाशित: ५ चैत २०८१ १५:०० | Tuesday, March 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast