तस्बिर शंकर अधिकारीको फेसबुकबाट 
                                            काठमाडौँ- आगामी आन्दोलनको तयारीका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको बैठक बसेको छ। त्रिपुरेश्वरस्थित विश्व निकेतन मावि भवनमा बसेको बैठकमा काठमाडौँ केन्द्रित आन्दोलनको तयारी र योजना तय गर्ने विषयमा छलफल भएको छ।
बैठकमा सहभागी अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले भने,‘यहाँ विभिन्न शिक्षक र संघसंस्थाका प्रतिनिधिहरू उपस्थित हुनुहुन्छ। हाम्रो मुख्य उद्देश्य आन्दोलनलाई कसरी अघि बढाउने भन्नेमा छलफल गर्नु हो।’
महासंघले फागुन २४ गते काठमाडौँमा आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ। अध्यक्ष अधिकारीले पहिलो चरणको आन्दोलन सफलतापूर्वक सम्पन्न भएको र विद्यालय शिक्षा विधेयक-२०८० संसदबाट पारित गराई ऐनको रूप दिन काठमाडौँ केन्द्रित थप आन्दोलन तय गरिएको जानकारी दिए।
उनले यो आन्दोलन शान्तिपूर्ण र अनुशासित रहने विश्वास व्यक्त गरेका छन्। महासंघले यसअघि पालिका र प्रदेश तहमा आन्दोलन गरिसकेको छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

