काठमाडौँसहित देशभरका यी स्थानमा आज पानी पर्ने

हिमाल प्रेस २९ फागुन २०८१ ६:२५ | Thursday, March 13, 2025
काठमाडौँसहित देशभरका यी स्थानमा आज पानी पर्ने फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ- देशका विभिन्न भूभागमा आज (बिहीबार) वर्षा हुने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन, चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ। पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो।

बुधबार साँझपख काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको थियो । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा भएको थियो।

गण्डकी प्रदेशमा वर्षा गराउने मौसमी प्रणाली विकसित भई कोशी प्रदेश भएर बाहिरिएकाले बिहीबार राति पानि पर्ने सम्भावना नरहेको महाशाखाले उल्लेख गरेको छ ।

प्रकाशित: २९ फागुन २०८१ ६:२५ | Thursday, March 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast