काठमाडौँ- तीनकुनेदेखि नयाँ बानेश्वर क्षेत्रको मुख्य सडक लेन बन्द गरिएको छ। गणतन्त्रवादी र राजावादी समूहका प्रदर्शनका कारण नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।
सम्भावित घटनाबाट जोगिन सर्वसाधारणलाई साइड लेनबाट हिँड्न अनुमति दिइएको प्रहरीले जनाएको छ। शंकास्पद गाडीहरूको चेकिङ गरेर मात्र अघि बढ्न दिइएको छ।
गणतन्त्र पक्षधर चार दलीय समाजवादी मोर्चा नेपालले काठमाडौँको भृकुटीमण्डपमा विरोध प्रदर्शन आयोजना गरेको छ।
यसैगरी, व्यवस्था विरोधी राजावादी समूहले तीनकुनेमा सभासहित शक्ति प्रदर्शन गरेको छ। यी समूहहरूले उपत्यकाका विभिन्न स्थानबाट र्याली निकालेका छन्। जसकारण काठमाडौँ उपत्यकाको यातायात प्रभावित भएको छ।
प्रकाशित: १५ चैत २०८१ ११:४४ | Friday, March 28, 2025
प्रतिक्रिया



