काठमाडौँमा आज गणतन्त्र र राजतन्त्र पक्षधर आमनेसामने हुँदै, ३५ सय प्रहरी परिचालन

हिमाल प्रेस १५ चैत २०८१ ६:३४ | Friday, March 28, 2025
काठमाडौँमा आज गणतन्त्र र राजतन्त्र पक्षधर आमनेसामने हुँदै, ३५ सय प्रहरी परिचालन फाइल तस्बिर

काठमाडौँ- आज काठमाडौँमा गणतन्त्र पक्षधर ‘समाजवादी मोर्चा’ र तीनकुनेमा राजतन्त्र पक्षधरहरूले आ-आफ्नो प्रदर्शन गर्दैछन्। सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले ३५ सय प्रहरी परिचालन गर्ने भएको छ।

एसएसपी विश्व अधिकारीको नेतृत्वमा सुरक्षाकर्मी खटाइँदै छ। सुरक्षा निगरानीका लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा ‘कमाण्ड सेन्टर’ स्थापना गरिएको छ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी मिलेर बनेको ‘समाजवादी मोर्चा’ ले गणतन्त्रको पक्षमा भृकुटीमण्डपमा प्रदर्शन गर्दैछन्।

त्यसैगरी, मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ब्यानरमा पूर्वराजा समर्थकहरू तीनकुनेमा प्रदर्शन गर्दैछन्।

नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ पनि प्रसाईं समूहसँग मिलेको छ।

प्रकाशित: १५ चैत २०८१ ६:३४ | Friday, March 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast