कांग्रेस महामन्त्री शर्माको प्रश्न- अदालती विषयमा संसद्‌मा जवाफ किन?

हिमाल प्रेस १८ चैत २०८१ १२:४२ | Monday, March 31, 2025
कांग्रेस महामन्त्री शर्माको प्रश्न- अदालती विषयमा संसद्‌मा जवाफ किन?

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले अदालतमा विचाराधीन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा जवाफ दिनु अनुचित भएको बताएका छन्।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीले अदालतमा रहेको विषयमा संसद्‌मा आएर किन जवाफ दिनुभयो?’ साथै, उनले सभामुख देवराज घिमिरेले ‘अदालतमा विचाराधीन मुद्दामा प्रधानमन्त्रीलाई जवाफ दिन किन बोलाएको?’ भन्नेबारे पनि स्पष्टीकरण मागे।

विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग्दै संसद् अवरुद्ध गर्दै आएका थिए। संसद् खुलाउन प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गरेका हुन्।

प्रकाशित: १८ चैत २०८१ १२:४२ | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast