कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य थप

हिमाल प्रेस ११ चैत २०८१ १९:०१ | Monday, March 24, 2025
कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य थप कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ– नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य मनोनयन गरिएका छन्।

सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टी केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट प्रमुख रहेकी विभागमा सोमबार १० सदस्य मनोनयन गरेका हुन्।

मनोनीत हुनेहरूमा इन्जिनीयर उज्ज्वल कोइराला (संखुवासभा), इन्जिनीयर प्रेमचन्द्र राय (महोत्तरी), विजया श्रेष्ठ केसी (ललितपुर), प्रा. मोहनजङ्ग शाह (बाँके), डा. नीरञ्जन कोइराला (कास्की), कुमार लामिछाने (बर्दिया), रमा केसी (सुर्खेत), प्रेमलाल चौधरी (कैलाली), शेरबहादुर सार्की (बाजुरा) र दिलिप कार्की (कञ्चनपुर) रहेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: ११ चैत २०८१ १९:०१ | Monday, March 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast