कर्णाली नदीमा खसेर एक जना बेपत्ता

हिमाल प्रेस ४ चैत २०८१ १८:५३ | Monday, March 17, 2025
कर्णाली नदीमा खसेर एक जना बेपत्ता सांकेतिक तस्बिर

कालीकोट– ड्रमको डुङ्गा चढेर कर्णाली नदी तर्ने क्रममा एक जना बेपत्ता भएका छन्।

कालीकोटको कर्णाली करिडोरअन्तर्गत पलाता–९ मा पर्ने घाटपारी चौर नदी क्षेत्रमा डुङ्गाबाट खसेर मुगु रारा छायानाथ नगरपालिका–१० का २३ वर्षीय देवनाथ सेजुवाल बेपत्ता भएका हुन्।

कर्णाली करिडोरमा १० महिनादेखि ज्याला मजदुरी गर्दै आएका सेजुवाल कर्णाली नदी पारीबाट डिजेल राख्ने ड्रम जोडेर बनाइएको डुङ्गा चढेर काम गर्ने ठाउँमा आउने क्रममा नदीमा खसेको कालीकोटका निमित्त प्रहरी प्रमुख किशोर केसीले जानकारी दिए।

‘तीन वटा ड्रम जोडेर बनाइएको डुङ्गा चढेर नदी पार गर्ने डुङ्गा ढल्किए छ। त्यसमा रहेका चार जनामध्ये देवनाथ नदीमा खसेछन्,’ उनले भने।

स्थानीय र प्रहरीले बेपत्ताको खोजी गरिरहेको छ। कालिकोटको पलाता–९ मा पर्ने घाटपारी चौरदेखि बाजुराको लैफूसम्म ११ किमी चट्टान विस्फोटनसहित नेपाली सेनाल कर्णाली करिडोर निर्माण गरिरहेको छ।

प्रकाशित: ४ चैत २०८१ १८:५३ | Monday, March 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast