 
                             
                                            काठमाडौँ- कर्णालीको व्यथा समेटेर ‘च्याँतिएको चाेली’ बोलको गीत सार्वजनिक भएको छ। गायक सुरज पण्डितको स्वर रहेको गीतको भिडियोमा एक दम्पतीको संघर्ष र अभावको कथा देखाइएकाे छ। कर्णालीबासीको जीवनयापनलाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको छ। पतिपत्निको भूमिकामा छन्, कलाकार महेश त्रिपाठी र रेणु योगी।
डोल्पाका मनोरम दृश्य कैद गरिएको भिडियोमा कर्णालीका विपन्न परिवारको कथा देखाइएको छ। गीतमा वसन्त उदासको शब्द रहेको गीतमा उनले नै संगीत भरेका छन्।
गीत प्रदर्शनरत फिल्म ‘लाज शरणम्’मा समावेश गरिएको छ। कुमार कट्टेलको डेब्यु निर्देशनमा बनेको फिल्ममा सिताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्जुन घिमिरे, अर्पण थापा, मुकुन्द श्रेष्ठ, सागर लम्साल, हरिष निरौलालगायतका कलाकारको अभिनय छ।
                            प्रकाशित: १८ फागुन  २०८१ १४:५३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 