कमेडी नाइट विथ च्याम्पियन्स ल्याउँदै विशाल भण्डारी, ट्रेलर सार्वजनिक

हिमाल प्रेस १३ चैत २०८१ १५:२६ | Wednesday, March 26, 2025
कमेडी नाइट विथ च्याम्पियन्स ल्याउँदै विशाल भण्डारी, ट्रेलर सार्वजनिक

काठमाडौँ- टेलिभिजन कमेडी सो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ यही चैत १९ देखि प्रसारणमा हुने भएको छ। सो को ट्रेलर सार्वजनिक गर्दै निर्माण टिमले चैत १९ देखि प्रसारण गर्ने जानकारी दिएको हो। यसअघि उक्त साे फागुनमा प्रसारण गर्ने तयारी थियाे।

सो मा नयाँ संरचना र विशाल सेट डिजाइन गरिएको छ। अभिनेत्री तथा निर्देशक दीपाश्री सो को अध्यक्षमा छिन्। शोका निर्देशक विशाल भण्डारी हुन्। सो हिमालय टिभीमा साताको प्रत्येक मंगलबार राति ८ बजे र युट्युबमा ओएसआर रियालिटी च्यानलमा राती ९ बजे प्रसारण हुनेछ।

पहिलो एपिसोडका अतिथिका रूपमा अभिनेता दीपकराज गिरी र जितु नेपाल छन्। केही समययता छुट्टिएर काम गरिरहेका दीपक, दीपा र जितु एउटै फ्रेममा देखिएका छन्।

सो मा कमेडियन सुमन कार्की, साजन श्रेष्ठ, भरतमणि पौडेल, मेक्सम गौडेल, प्रभात लामा, सुमन कोइराला, कैलाश कार्की, पवन भट्टराई र सन्तोष थापाको प्रस्तुति रहनेछ। सो को निर्माता कम्पनी थ्री प्रोडक्सन रहेको छ।

प्रकाशित: १३ चैत २०८१ १५:२६ | Wednesday, March 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast