कमल थापाले पनि भने- राजावादी यहाँ छ, सके जेल हाल!

हिमाल प्रेस १७ चैत २०८१ १६:४५ | Sunday, March 30, 2025
कमल थापाले पनि भने- राजावादी यहाँ छ, सके जेल हाल! फाइल तस्बिर

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूलाई जेल हाल्न चुनौती दिएका छन्। उनले संसद्‌मा राप्रपा अध्यक्षसमेत रहेका राजेन्द्र लिङ्दनेले ‘राजावादी यहाँ छ, सके जेल हाल’ भनेको सन्दर्भ उल्लेख गर्दै थापाले यस्तो चेतावनी दिएका हुन्।

संसद्‌मा त्यसरी प्रस्तुत भएकोमा थापाले राप्रपा अध्यक्ष लिङ्देनको प्रशंसा गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्याबास! राप्रपा अध्यक्ष भाई राजेन्द्र लिङदेन।’

थापाले आफू राजावादी भएको भन्दै जेल हाल्न चेतावनी दिएका हुन्। उनले लेखेका छन्, ‘हामी पनि भन्छौँ, राजावादी यहाँ छ, सके जेल हाल!’ आइबार बसेको प्रतिनिधिसभा बैठकमा केही सांसदले ‘राजावादीलाई जेल हाल’ भनेपछि लिङदेनले छाती पिट्दै ‘राजावादी यहाँ छ, सके जेल हाल’ भनेका थिए।

प्रकाशित: १७ चैत २०८१ १६:४५ | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast