 
                             
                                            काठमाडौँ- आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार प्रतितोला दुई हजार दुई सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार पनि छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि स्थिर छ। शुक्रबार प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
                            प्रकाशित: १८ फागुन  २०८१ १२:३० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 