ओलीको सालो आरोपपछि हितेन्द्रले भने : राधिका शाक्य मैले भर्खर मात्र चिने

हिमाल प्रेस १४ चैत २०८१ ८:२९ | Thursday, March 27, 2025
ओलीको सालो आरोपपछि हितेन्द्रले भने : राधिका शाक्य मैले भर्खर मात्र चिने

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्य ल्याएपछि उनीमाथि विभिन्न आरोप लागिरहेका छन्। भ्रष्टाचारी जोगाउने अभियान र नातावादको आरोप हितेन्द्रमाथि लागिरहेका छन्।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको सालो भन्दै हितेन्द्रमाथि नातावादको आरोप लागिरहेको छ। हितेन्द्रले भने आफ्नो ओलीको परिवारसँग भर्खर मात्र चिनजान भएको बताएका छन्।

‘म इलामको शाक्य हुँ। राधिकाजी(प्रधानमन्त्री पत्नी) काठमाडौँको हो,’ हितेन्द्रदेवले हाँस्दै भनेका छन्,‘बरु, प्रधानमन्त्रीसँग नाता लाग्ला। म इलामको, उहाँ झापाको।’ यसअघि पनि यो आरोप लागेको हितेन्द्रदेवले बताएका छन्। ‘विगतमा कार्यकारी निर्देशन हुँदा समेत पत्रपत्रिकाले लेखेका थिए। तर यथार्थ त्यो होइन।’

प्रकाशित: १४ चैत २०८१ ८:२९ | Thursday, March 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast