ओलीकै कारण राजीनामा दिएका हुन् त त्रिविका उपकुलपतिले?

हिमाल प्रेस १७ चैत २०८१ ७:१० | Sunday, March 30, 2025
ओलीकै कारण राजीनामा दिएका हुन् त त्रिविका उपकुलपतिले?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका उपुलपति केशरजंग बरालले राजीनामा दएिका छन्।चारबर्से कार्यकालका लागि नियुक्त भएका उपकुलपति बरालले १३ महिनामै राजीनामा दिएका हुन्।

उपकुलपति छनोट तथा सिफारिस समितिले बुझाएको तीन जनाको नाममध्येबाट दोस्रो नम्बरमा रहेका बराललाई तत्कालीन प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८० फागुन १० गते उपकुलपतिमा नियुक्त गरेका थिए।

त्रिवि स्रोतका अनुसार बरालले प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिलाई सम्बोधन गरेर राजीनामापत्र बुझाएका हुन्। उपकुलपतिले राजीनामा दिनुको कारण कुलपति एवं प्रधानमन्त्री कारक भएको निकट स्रोत बताउँछन्। माओवादी निकट मानिने बराल ओली सरकार आएसँगै काम गर्न असहज भएको गुनासो गर्दै आएका थिए।

प्रकाशित: १७ चैत २०८१ ७:१० | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast