सीसीए विद्यार्थीहरूको सफलता उत्सव : सीसीएको विशेष दीक्षान्त समारोह ९ चैतमा

हिमाल प्रेस २६ फागुन २०८१ १२:२६ | Monday, March 10, 2025
सीसीए विद्यार्थीहरूको सफलता उत्सव : सीसीएको विशेष दीक्षान्त समारोह ९ चैतमा

काठमाडौँ- नेपालकै अग्रणी एसीसीए अप्रूभ्ड लर्निङ पार्टनर सर्टिफाइड कलेज अफ एकाउन्टेन्सी (सीसीए) ले हालसम्मकै भव्य एसीसीए दीक्षान्त समारोह आयोजना गर्न गइरहेको छ। आउँदो मार्च २२ मा (चैत ९ गते शनिबार) दशरथ रंगशाला, काठमाडौँमा आयोजना हुने यो समारोहले एसीसीए प्रोफेसनलहरू, एफिलिएट्स र मेम्बरहरूलाई एकै ठाउँमा ल्याउँदै सीसीएको शैक्षिक यात्रामा ऐतिहासिक उपलब्धि थप्नेछ।

यो विशेष अवसरमा एसीसीए नेपालका प्रमुख रविन कटवाल, एफसीसीए प्रमुख अतिथिको रूपमा उपस्थित हुनेछन्। साथै, कार्यक्रमको सञ्चालन ओसिन सिटौलाले गर्नेछिन्। समारोहमा एसीसीएका एफिलिएट तथा मेम्बरहरूले आफ्नो संघर्ष, सफलता र अनुभवहरू साझा गर्दै भावी पुस्तालाई प्रेरणा दिनेछन्।

कार्यक्रममा विशेष रूपमा ग्लोबल र नेशनल र्याङ्किङ प्राप्त गरेका विद्यार्थीहरूलाई सम्मान गरिनेछ। साथै, विद्यार्थीहरूको सफलतामा अभिभावकहरूको महत्वपूर्ण योगदानलाई कदर गर्दै विशेष सम्मान प्रदान गरिनेछ जसले समारोहलाई झनै भावनात्मक र सम्झनायोग्य बनाउनेछ।

नेपालकै सर्वश्रेष्ठ एसीसीए कलेजका रूपमा सीसीएले गुणस्तरीय शिक्षा र व्यावसायिक उन्नतिमा आफ्नो प्रतिबद्धता कायम राख्दै आएको छ। समारोहमा अनुभवी एफसीसीए प्रोफेसनलहरूद्वारा एसीसीएको भविष्य र करियर अवसरहरूबारे महत्वपूर्ण मार्गदर्शन प्रदान गरिनेछ जसले भविष्यका वित्तीय पेसेवरहरूलाई सही दिशा दिन मद्दत गर्नेछ।

यसबाहेक, दीक्षान्त समारोहलाई राष्ट्रिय टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गर्ने योजना रहेको छ। कार्यक्रममा सहभागिता जनाउन नसकेका परिवारजन तथा शुभेच्छुकहरूलाई पनि यो ऐतिहासिक क्षण प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गर्नेछ। यस सम्बन्धमा आधिकारिक जानकारी चाँडै सार्वजनिक गरिनेछ।

सीसीएले उच्च उपलब्धि हासिल गरेका एसीसीए प्रोफेसनलहरू उत्पादन गर्ने आफ्नो परम्परालाई निरन्तरता दिँदै यो ऐतिहासिक कार्यक्रम आयोजना गर्न लागेको हो। विद्यार्थीहरूले आफ्नो व्यावसायिक यात्रामा नयाँ अध्याय सुरु गर्न लागेको यस समारोहले मेहनत, लगनशीलता र परिवार तथा गुरुहरूको निरन्तर सहयोगलाई उजागर गर्नेछ। यो कार्यक्रम नेपाली एसीसीएको इतिहासमा प्रेरणादायी र अविस्मरणीय क्षण बन्नेछ।

प्रकाशित: २६ फागुन २०८१ १२:२६ | Monday, March 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast