एसईईका परीक्षार्थीलाई शिक्षामन्त्रीको शुभकामना, उत्तर लेख्ने तरिका सिकाउँदै सरकार

हिमाल प्रेस १ चैत २०८१ १७:३० | Friday, March 14, 2025
एसईईका परीक्षार्थीलाई शिक्षामन्त्रीको शुभकामना, उत्तर लेख्ने तरिका सिकाउँदै सरकार शिक्षामन्त्री विद्या भट्टराई । फाइल तस्बिर

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले एसईईमा सहभागी हुने विद्यार्थीका लागि शुभकामना दिएकी छन्। मन्त्री भट्टराईले शुक्रबार विद्यार्थीलाई सम्बोधन गरी शुभकामना दिएकी हुन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, श्रव्यदृश्य शाखाबाट शुक्रबारदेखि परीक्षामा उत्तर लेख्ने तरिका सिकाउन थालिएको मन्त्री भट्टराई जानकारी दिएकी छन्। उनले भनेकी छन्, ‘यी सामग्री हेरेर सुनेर तपाईंहरूले आफ्नो लेखन कला सुधार गरी अब्बल नतिजा निकाल्न सक्नुहुन्छ। म तपाईंहरूलाई धैर्यपूर्वक तयारी गरी सबै प्रश्न समाधान गरेर उन्नत नतिजा निकाल्न हार्दिक शुभकामना व्यक्त गर्दछु।’

उनले परीक्षाका लागि विद्यार्थीलाई सहयोग गरिदिन प्रधानाध्यापक, शिक्षक र अभिभावकमा अनुरोध गरेकी छन्।

एसईई चैत ७ गतेदेखि सुरु हुँदैछ। मन्त्री भट्टराई भनेकी छन्, ‘यो परीक्षा तपाईंको ज्ञान, सीप परीक्षण गर्ने सुनौलो अवसर हो। तपाईं एक स्तरीकृत परीक्षामा आफूलाई सहभागी गराउँदै हुनुहुन्छ। यस परीक्षालाई डर र त्रासका रूपमा नलिई आफूले सिकेका कुरा व्यवस्थित ढंगले प्रस्तुत गर्न तपाईंले तयारी गर्नुपर्छ।’

प्रकाशित: १ चैत २०८१ १७:३० | Friday, March 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast