एमडब्ल्यूसी–२०२५ मा इनफिनिक्सको उत्कृष्ट प्रदर्शन

हिमाल प्रेस १ चैत २०८१ १८:५० | Friday, March 14, 2025
एमडब्ल्यूसी–२०२५ मा इनफिनिक्सको उत्कृष्ट प्रदर्शन

काठमाडौँ- इनफिनिक्स मोबाइल ब्राण्डले स्पेनमा आयोजित ‘मोबाइल वर्ल्ड कांग्रेस (एमडब्ल्यूसी) २०२५’ मा आफ्नो ‘सोलार इनर्जी रिजर्भिङ’ प्रविधि र एआई सुविधामार्फत दर्शकहरूलाई आकर्षित गरेको छ।

व्लर्ड कांग्रेसमा यी अत्याधुनिक प्रविधिहरूले जडीत मोबाइल पुरस्कृतसमेत भएको छ।

स्मार्टफोनपछाडिको भागमा रहेको एकीकृत ‘पेरोभस्काइट सोलर सेल्स’ ले आपसापको प्रकाश उपयोग गरी हरित ऊर्जा आधारित चार्जिङको सुविधा प्रदान गर्ने गरेको मोबाइल निर्माता कम्पनीले जनाएको छ।

एमडब्ल्यूसीमा उत्कृष्ट फोनको अवधारणा पुरस्कारत जित्दै यो प्रविधिले भविष्यमा स्मार्टफोन चार्जिङको परिदृष्य बदल्ने सम्भावना उजागर गरेको कम्पनीको भनाइ छ।

यसैक्रममा प्रोटोटाइप डिभाइसहरूसँग साइड सम्पर्कमार्फत जडीत इनफ्लिक्सले सौर्य चार्जिङ फोनकेससमेत प्रस्तुत गरेको छ। यसले विद्युत अभाव वा बाहिरी यात्राको समयमा सहज चार्जिङको सुविधा प्रदान गर्ने बताइएको छ।

यसबाहेक कम्पनीले दोस्रो पुस्ताको ‘ई–कलर सिफ्ट’ प्रविधि अनावरण गरेको छ जसमा ‘इ–लिंक’ पछाडिको प्यानल प्रयोग गरिएको छ। यो प्रविधिले फोनको आन्तरिक ब्याट्रिद्वारा रंग र ढाँचाहरू परिवर्तन गर्न सक्षम बनाउने बताइएको छ। एआईको प्रयोग गर्दै प्रयोगकर्ताहरूले फोटो वा मौसमअनुसार फोनको लुक परिवर्तन गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: १ चैत २०८१ १८:५० | Friday, March 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast