एनएसएल : उद्घाटन खेलमा दुई विजेता टोली भिड्द‍ै [तालिकासहित]

हिमाल प्रेस २ चैत २०८१ ७:१४ | Saturday, March 15, 2025
एनएसएल : उद्घाटन खेलमा दुई विजेता टोली भिड्द‍ै [तालिकासहित] फाइल तस्बिर

काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) को खेल तालिका सार्वजनिक भएको छ। खेल तालिकाअनुसार उद्घाटन खेलमा दुई विजेता आमनेसामने हुने भएका छन्।

आउँदो चैत १६ गतेदेखि सुरु हुने एनएसएलको उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी र पहिलो संस्करणको च्याम्पियन काठमाडौँ रेजर्स भिड्ने भएका छन्।

खेल साँझ ६ बजे सुरु हुनेछ। यस्तै चैत १७ गते बुटवल लुम्बिनी एफसी र झापा एफसी, चैत १८ गते एफसी चितवन र पोखरा थण्डर्सबीच खेल हुनेछ। चैत १९ गते धनगढी एफसीले बुटवल लुम्बिनी एफसीसँग खेल्नेछ।

सिंगल राउण्ड रोविनका आधारमा हुने लिगमा लिग चरणमा २१ खेल हुनेछ। त्यसपछि शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन्। प्लेअफमा क्वालिफायर वान, क्वालिफायर टु, एलिमिनेटरपछि फाइनल खेल हुनेछ।

प्रकाशित: २ चैत २०८१ ७:१४ | Saturday, March 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast