एक हजार एक सय विद्यार्थीले गरे ‘एबाकस’ पद्धतिबाट हिसाब

हिमाल प्रेस ४ चैत २०८१ १९:३६ | Monday, March 17, 2025
एक हजार एक सय विद्यार्थीले गरे ‘एबाकस’ पद्धतिबाट हिसाब

काठमाडौँ– बागमती प्रदेशका ७० वटा विद्यालयमा अध्ययनरत एक हजार एक सय ११ विद्यार्थीले सोमबार एकैस्थानबाट एकसाथ एबाकस पद्धतिबाट हिसाब गरेका छन्।

एबाकस हिसाबको माध्यमबाट गिनिज विश्व कीर्तिमान् बनाउने उद्देश्यले सामूहिक हिसाब गरिएको हो। अंक गणितीय हिसाबलाई सर्वाधिक छिटो सम्पन्न गर्ने पद्धति मानिएको एबाकसबाट विद्यार्थीले हिसाब गर्ने मात्र नभइ समग्र शैक्षिक क्षमता र व्यक्तित्वमै सकारात्मक प्रभाव पार्ने बताइन्छ।

बाल विकास एनसिमास प्रालिको आयोजनामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले एबाकस शिक्षालाई देशभर लागू गर्नुपर्ने बताइन्।

‘एबाकस जस्ता आधुनिक शिक्षण विधि बालबालिकाको समग्र विकासका लागि अनिवार्य छन्,’ उनले भनिन्।

आयोजक बाल विकास एनसीमास प्रालिका कार्यकारी निर्देशक तेजु नेपालले विद्यार्थीलाई सृजनात्मक सोच, विश्लेषणात्मक क्षमता, र निर्णय शक्ति अभिवृद्धि गर्न विभिन्न अभ्यास गराइएको जानकारी दिए।

उनका अनुसार, नेपालमै पहिलोपटक यति ठूलो संख्यामा विद्यार्थीको सहभागितामा यस्तो शिक्षण पद्धति प्रयोग गरिएको हो।

यो अबाकस प्रतियोगिताले ‘एसियन वर्ल्ड रेकर्ड’ राख्न सफल भएको छ। एसियन वल्र्ड रेकर्डको सर्टिफिकेट पनि आजै बाल विकासमा संस्थालाई प्रदान गरिएको कार्यकारी निर्देशक नेपालले जानकारी दिए।

प्रकाशित: ४ चैत २०८१ १९:३६ | Monday, March 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast