एकीकृत समाजवादीले भन्यो : गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई परास्त गर्न लाग्छौँ

हिमाल प्रेस १० चैत २०८१ १०:२९ | Sunday, March 23, 2025
एकीकृत समाजवादीले भन्यो :  गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई परास्त गर्न लाग्छौँ

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा हुने सबै प्रकारका कार्यक्रमलाई सक्दो सहयोग गर्ने बताएको छ।

पार्टीले मातहतका कमिटी तथा सबै जनवर्गीय संगठनलाई गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई परास्त गर्न गणतन्त्रका पक्षमा हुने प्रदर्शन, आमसभा, विरोध तथा संघर्षका कार्यक्रममा सक्रिय ढंगले सहभागी हुन निर्देशन दिएको छ।

केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार समान राजनीतिक सिद्वान्त र दृष्टिकोण भएका वामपन्थी शक्तिबीच एकता तथा परिवर्तन पक्षधरसँग सहकार्य गरी गणतन्त्रको पक्षमा जनमत सृजना गर्न सम्पूर्ण कमिटीलाई परिपत्र गरिएको छ।

समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौँमा आयोजना गर्ने विरोध प्रदर्शन तथा आमसभालाई सफल बनाउन पार्टीका सम्बद्ध सबैलाई अनुरोध गरेको छ।

मुलुकमा सुशासन कायम गर्ने, रोजगारीका अवसर सृजना, आर्थिक समृद्धिका साथै सामाजिक रूपान्तरणलाई प्राथमिकता राखेर देशभर समाजवादी अभियान सुरु गरेको पार्टीले संगठन विस्तारलाई केन्द्रमा राखेर काम गरिरहेको उनले जानकारी दिए।

प्रकाशित: १० चैत २०८१ १०:२९ | Sunday, March 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast