एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी वैठक

हिमाल प्रेस ३ चैत २०८१ २१:२२ | Sunday, March 16, 2025
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी वैठक

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ। एकीकृत समाजवादीले मंगलबार बस्ने गरी बैठक बोलाएको हो।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो २ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्ने, यही चैत १५ गते समाजवादी मोर्चाको आयोजनामा काठमाडौँमा हुने बृहत् र्‍याली तथा विशाल आमसभालाई सफल बनाउन कार्ययोजना तयार गर्नेलगायत विषयमा छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए।

काठमाडौँ उपत्यकामा उपलब्ध स्थायी कमिटी सदस्यहरुलाई बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ भने उपत्यकाबाहिर रहेका नेतालाई फर्कन आह्वान गरिएको छ।

बैठकमा पार्टीले सुशासन, रोजगारीलगायतका विषयलाई केन्द्रित गरी देशभर सुरु गरिएको समाजवादी अभियानबारे मातहत कमिटीलाई संगठन सुदृढीकरण तथा पार्टीलाई सक्षम, सबल र विश्वसनीय बनाउन रणनीति तयार गरिने जनाइएको छ।

आगामी वैशाख २२ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा वडा, गाउँ, प्रदेश र केन्द्रमा छलफल गर्न लागिएको प्रचार विभाग प्रमुख ज्वालाले जानकारी दिए।

बैठकमा राजनीतिक अस्थिरता र अन्योलका कारण जनतामा आएको असन्तुष्टिलाई न्यूनीकरण गर्न जनपरिचालन तथा आन्दोलनका कार्यक्रमहरू अनुमोदन गरिने एकीकृत समाजवादी पार्टीले जनाएको छ।

प्रकाशित: ३ चैत २०८१ २१:२२ | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast