‘उपयुक्त समयमा भूमिसम्बन्धी अध्यादेश संसद्मा पेस हुन्छ’

हिमाल प्रेस २ चैत २०८१ २१:२७ | Saturday, March 15, 2025
‘उपयुक्त समयमा भूमिसम्बन्धी अध्यादेश संसद्मा पेस हुन्छ’ फाइल तस्बिर।

चितवन– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेश उपयुक्त समयमा संसद्मा पेस गर्ने बताएका छन्।

शनिबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले अब यो अध्यादेश आवश्यकतानुसार पेस हुने बताए।

मन्त्री अधिकारीले भने, ‘सरकारले कुनै न कुनै बाटोबाट ल्याउँछ। ६० दिन पुगे पनि अरू बाटाहरू पनि छन्। राष्ट्रियसभामा बहुमत पुग्नासाथ अध्यादेश पेस हुन्छ। सरकारले गरेका कामलाई सधैँ नकारात्मक दृष्टिले मात्रै हेर्न हुँदैन।’

उनले सरकार गरिब तथा सुकुम्वासीको समस्या समाधानका लागि काम गर्न तत्पर रहेको भन्दै फाइदा–बेफाइदा हेरेर धारणा बनाउँदा समस्या भएको जिकिर गरे।

मन्त्री अधिकारीले सहकारीसम्बन्धी समस्या समाधानका लागि ल्याएको अध्यादेश पारित भएर कानुन बन्ने क्रममा रहेको बताए। उनले भने, ‘सरकार सहकारीलाई नियमन गर्न लागेको छ। त्यहीअनुसार काम हुन्छ।’

फरक प्रसङ्गमा बोल्दै मन्त्री अधिकारीले सरकारले विशिष्ट व्यक्तिहरूको सुविधाका विधिलाई सुधार गर्न आवश्यक रहेको बताए।

प्रकाशित: २ चैत २०८१ २१:२७ | Saturday, March 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast