इन्द्रबहादुर राईको कथामा बनेकाे ‘जार’ वैशाख २६ मा प्रदर्शन 

हिमाल प्रेस १७ चैत २०८१ १५:०५ | Sunday, March 30, 2025
इन्द्रबहादुर राईको कथामा बनेकाे ‘जार’ वैशाख २६ मा प्रदर्शन 

काठमाडौँ- साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्म ‘जार’ निर्माण गरिएको छ। निर्देशक फूर्वा छिरिङ लामाले साहित्यकार राईको कथाअनुसार नै फिल्म तयार भएको जानकारी दिए।

उनले भने, ‘हामीले कथा पढ्नुभएका पाठकको भावनालाई ध्यानमा राखेर फिल्म तयार गरेका छौँ। फिल्म कथा पढ्नुभएका र नयाँ दर्शक दुवैलाई हुने किसिमले बनाएका छौँ।’

सन् १८ सयको अन्त्यतिर नेपाली समाजमा घटेको एक यथार्थ घटनालाई फिल्ममा प्रस्तुत गरिएको निर्माण टिमले बताएको छ। फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, गीताञ्जली थापालगायत कलाकारले अभिनय गरेका छन्।  ‘जार’ कथा सन् १९६१ मा प्रकाशित राईको ‘विपना कतिपय’ संग्रहमा संकलित छ।  कथामा रुद्रमान, हर्षजित र ठूली गरी तीन पात्रकाे कथा छ। फिल्ममा भने सौगात रुद्रमान बनेका छन्। हर्षजित पात्रकाे भूमिकामा अनुपविक्रम र  ठूलीकाे भूमिकामा  गीताञ्जलीले अभिनय गरेका छन्।

वि.सं २०८२ वैशाख २६ गते फिल्म प्रदर्शन गर्ने टिमको तयारी छ। भारतको सिक्किममा छायांकन गरिएको फिल्म सरवानन इलावार्सुको छायांकन, अखिलेश राईले सम्पादन तथा झुमा लिम्बू र गंगा थापाको संगीतमा बनेको छ।फिल्म फेरि टेल पिक्चर्सको ब्यानरमा बनेको छ।

प्रकाशित: १७ चैत २०८१ १५:०५ | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast