इजरायली लडाकु विमानको आक्रमणमा गाजामा ४०० को मृत्यु, सयौँ घाइते

हिमाल प्रेस ६ चैत २०८१ ८:२६ | Wednesday, March 19, 2025
इजरायली लडाकु विमानको आक्रमणमा गाजामा ४०० को मृत्यु, सयौँ घाइते

इजरायली लडाकु विमानहरूले गाजाका विभिन्न भागमा हवाई आक्रमण गर्दा ४०० बढीको ज्यान गएको छ। अन्तरार्ष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार गाजामा इजरायली हमलामा परेर ४०० जनाभन्दा बढी मानिसको मृत्यु भएको र सयौँ जना घाइते भएका छन्। इजरायली हमासका सुरक्षा अधिकारी र राजनीतिक व्यक्तिहरूलाई पनि निसाना बनाएको थियो।

हमासले ज्यान गुमाउनेमध्ये उक्त भूभागमा कार्यरत आफ्ना एक वरिष्ठ सुरक्षा अधिकारी मोहम्मद अबु वफासहित चार जना रहेको बताएको छ।

इजरायली हवाई आक्रमण गर्नुअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनसँग छलफल गरेको जनाइएको छ। एक इजरायली अधिकारीले इजरायली सरकारले अमेरिकालाई हमला गर्नुअघि त्यस विषयमा जानकारी दिएको पुष्टि गरेका छन्।

एउटा विज्ञप्तिमा इजरायलले हमासले पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्ताव अस्वीकार गरेकाले आफूले उक्त समूहका निसानाहरूमा आक्रमण गरिरहेको बताएको छ।

उक्त प्यालेस्टिनी समूहले सोझै दोस्रो चरणको युद्धविराममा जानुपर्ने धारणा राख्दै आएको थियो। हमासलाई दबाब दिन इजरायलले गाजामा मानवीय सहायता र विद्युत् आपूर्ति कटौती गरिएको छ। बीबीसीबाट

प्रकाशित: ६ चैत २०८१ ८:२६ | Wednesday, March 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast