आधुनिक ईभीमा सुरक्षा : एयरब्याग कहिले र कसरी खुल्छ?

हिमाल प्रेस १ चैत २०८१ ११:१० | Friday, March 14, 2025
आधुनिक ईभीमा सुरक्षा : एयरब्याग कहिले र कसरी खुल्छ?

काठमाडौँ- आधुनिक विद्युतीय सवारीसाधन (ईभी) मा एयरब्यागको महत्त्वपूर्ण भूमिका रहेको छ। ठक्करको समयमा यात्रुहरूको सुरक्षाका लागि डिजाइन गरिएका एयरब्याग आवश्यक परिस्थितिमा मात्र खुल्ने गर्छन्।

जीएसी माेटरले आफ्नो सवारीसाधनहरूमा उच्च सुरक्षासम्बन्धी मापदण्ड अपनाएको बताएको छ। टाेयाेटा र हाेन्डाजस्ता विश्व प्रसिद्ध ब्रान्डका लागि चीनमा उत्पादन गर्दै आएको जीएसीले हालै टाेयाेटाको नयाँ ईभी bZ3X SUV सार्वजनिक गरेको छ। याे पूर्ण रूपमा जीएसीद्वारा विकसित गरिएको हो।

एयरब्याग खुल्ने प्रक्रिया विभिन्न कारकहरूमा निर्भर गर्छ जसमा सवारीको गति, ठक्करको कोण र गम्भीरता तथा अवरोधको प्रकार मुख्य छन्। उद्योग मापदण्डअनुसार, एयरब्याग मध्यमदेखि गम्भीर अगाडिका ठक्करहरूमा मात्र खुल्ने गरी डिजाइन गरिएको हुन्छ। तर, साँघुरा वस्तु (जस्तै पोल वा रूख) सँगको ठोक्किनु, पछाडिबाट ठक्कर, सवारी पल्टिनु वा साना दुर्घटनामा एयरब्याग खुल्न आवश्यक नपर्न सक्छ।

जीएसीले विश्वव्यापी सुरक्षा मापदण्ड अनुसार अत्याधुनिक प्रविधि प्रयोग गर्दै आएको छ। कम्पनीका अनुसार एयरब्यागलगायत अन्य सुरक्षा प्रणालीबारे जानकारी लिन ग्राहकहरूले आफ्नो गाडीको म्यानुअल अध्ययन गर्न वा आधिकारिक सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन्।

यदि कुनै ग्राहकलाई सवारीसाधनको सुरक्षासम्बन्धी कुनै प्रश्न छ भने उनीहरूले जीएसीको ग्राहक सेवा टोली वा नजिकको सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन्।

प्रकाशित: १ चैत २०८१ ११:१० | Friday, March 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast