आज स्थगित राष्ट्रियसभा बैठक भोलि ११ः१५ मा बस्ने

हिमाल प्रेस १७ चैत २०८१ १९:३३ | Sunday, March 30, 2025
आज स्थगित राष्ट्रियसभा बैठक भोलि ११ः१५ मा बस्ने राष्ट्रियसभाको बैठक। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रियसभाको आज (आइतबार) का लागि निर्धारित बैठक स्थगित भएको छ। सोमबार बिहान ११ः१५ मा बस्नेगरी आजको बैठक स्थगित भएको सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी जानकारी दिएको छ।

आज बिहान ११ः१५ मिनेटमा बस्ने गरी निर्धारित बैठक तीन पटक सरेको थियो। प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशकलाई हटाउने निर्णय सम्बन्धमा प्रधानमन्त्रीबाट सदनमा जानकारी गराउनुपर्ने माग गर्दै आएका छन्।

प्रकाशित: १७ चैत २०८१ १९:३३ | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast