आज सार्वजनिक बिदा

हिमाल प्रेस १८ चैत २०८१ ६:२९ | Monday, March 31, 2025
आज सार्वजनिक बिदा फाइल तस्बिर

काठमाडौँ- सरकारले आज सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मावलम्बीको पर्व इद–उल फित्र (इद) पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले आइतबार विज्ञप्ति जारी गर्दै आज (सोमबार) सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन्।

नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम इद पर्वको सार्वजनिक बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ।

प्रकाशित: १८ चैत २०८१ ६:२९ | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast