आजदेखि पोखरा-छेन्दु व्यावसायिक चार्टर हुने

हिमाल प्रेस ५ चैत २०८१ ८:३८ | Tuesday, March 18, 2025
आजदेखि पोखरा-छेन्दु व्यावसायिक चार्टर हुने

पोखरा- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन्चालनको २ वर्षपछि पोखरा-छेन्दु नियमित व्यावसायिक चार्टर उडान सुरु हुँदैछ। आज १२७ यात्रु चीनको सिचुवान एयरमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानमा पर्यटक अवतरण हुने छन् भने केही समयपछि पोखराका पर्यटन व्यवसायीसमेत टोली छेन्दु उड्ने छ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले यहाँ पहिलोपटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो।

यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान-प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने पोखराका पर्यटन व्यवसायीको विश्वास छ।

छेन्दुबाट पोखरा हुने व्यावसायिक चार्टर उडानमा नेपाली प्रतिनिधिमण्डल ‘पोखरा–छेन्दु फ्लाइट प्रमोसन एन्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’ का लागि जानेछ। जसमा पर्यटकसमेत १ सय २७ जना यात्रु रहने छन्।

नेपाली प्रतिनिधिमण्डलको टोलीले एक सातासम्म चीनको छेन्दु, लुझाउ, लेसानलगायत चिनियाँ सहरमा हुने विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक बैठकमा सहभागिता जनाउने छ।

२०७९ पुस १७ मा तत्कालीन प्रधानमन्त्री प्रचण्डले पोखरा विमानस्थल समुद्घाटन गरेका थिए। यो विमानस्थलमा आन्तरिकबाहेक हालसम्म ११ मात्र अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन्।

प्रकाशित: ५ चैत २०८१ ८:३८ | Tuesday, March 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast