अवसरबाट चुक्यो आर्सनल, चेल्सीको जित

हिमाल प्रेस २६ फागुन २०८१ ८:१५ | Monday, March 10, 2025
अवसरबाट चुक्यो आर्सनल, चेल्सीको जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र आर्सनलले अंक बाँडेका छन्।आइतबार रातिको खेल दुई टोलीले १-१ गोलको बराबरीमा टुंग्याउँदा अंक बाँडेका हुन्। बराबरीले गर्दा आर्सनललाई शीर्ष टोली लिभरपुलसँग अंक दूरी घटाउन असमर्थ रहेको छ।

शीर्ष टोली लिभरपुल ७० अंक छ भने दोस्रो आर्सनल ५५ अंक छ। वर्ल्ड ट्राफोर्डमा पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा ब्रुनो फर्नान्डिजले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए।

७४ मिनेटमा आर्सनलका डेक्लन राइसले बराबरी गोल फर्काए। गएराति नै भएको अर्को खेलमा लेस्टरलाई हराउँदै चेल्सी तालिकाको चौथो स्थानमा उक्लिएको छ। स्टाम्फोर्ड ब्रिजमा लेस्टरविरूद्ध मार्क कुकुरेलाले ६० ‍औं मिनेटमा निर्णायक गोल गरे।

चेल्सी चौथो स्थानमा उक्लिएपछि म्यानचेस्टर सिटी पाचौं स्थानमा झरेको छ। गएराति नै टोटनहमले बर्नेमाउथसँग २-२ गोल र वूल्भ्सले एभरटनसँग १-१ गोलको बराबरी खेले।

प्रकाशित: २६ फागुन २०८१ ८:१५ | Monday, March 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast