अर्थतन्त्र गतिशील बनाउन सामूहिक भूमिका आवश्यक : देउवा

हिमाल प्रेस ११ चैत २०८१ १७:०६ | Monday, March 24, 2025
अर्थतन्त्र गतिशील बनाउन सामूहिक भूमिका आवश्यक : देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थतन्त्रलाई गतिशिल बनाउन सबैले आ–आफ्नो ठाँउबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

सोमबार सानेपामा कांग्रेस आवद्ध निर्माण व्यवसायीहरुको राष्ट्रिय भेला उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।

उनले कांग्रेसको नेतृत्वमा संविधानसभामार्फत संविधान निर्माण भई संघीयतासहितको गणतान्त्रीक व्यवस्था कायम भए पनि आर्थिक समृद्धिको मार्गमा सोचेजस्तो सफलता प्राप्त गर्न नसकेकाले अर्थतन्त्रलाई गतिशील बनाउन सवैले आ–आफ्नो ठाँउबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताए।

निर्माण व्यवसायीको योगदानविना भौतिक पूर्वाधारको विकास सम्भव नरहेको उनले बताए। विश्वअर्थतन्त्रमा समेत समस्या आएको अवस्थामा २५ लाखभन्दा बढीलाई रोजगारी दिने निर्माण व्यवसायी क्षेत्रलाई समृद्ध बनाउन निर्माण व्यवसायीसम्बन्धी कानून आवश्यक रहेको उनले बताए। यसका लागि आफुले पहल गर्ने उनले प्रतिवद्धता जनाए।

सभापति देउवाले भूक्तानी समस्या, निर्माण सामाग्रीमा भइरहेको मूल्यबृद्धि नियन्त्रण र सहज रुपमा निर्माण व्यवसायको काम गर्नका लागि पनि आफ्नो ध्यानाकर्षण भएको बताए।

उनले निर्माण व्यवसायलाई थप प्रविधिमैत्री बनाउँदै तोकिएको समयमा नै आयोजनाहरु सम्पन्न गर्न निर्माण व्यवसायीका साथै सरकारले पनि सहकार्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे।

प्रकाशित: ११ चैत २०८१ १७:०६ | Monday, March 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast