अर्जेन्टिनाको फुटबल टिममा परेनन् मेसी

हिमाल प्रेस ५ चैत २०८१ ७:०० | Tuesday, March 18, 2025
अर्जेन्टिनाको फुटबल टिममा परेनन् मेसी

काठमाडौँ- अर्जेन्टिनाले खेल्ने विश्वकप छनोट खेलमा लियोनल मेसी नखेल्ने भएका छन्। मांसपेशी चोटका कारण ३७ वर्षीय फरवार्डले उरुग्वे र ब्राजिलविरुद्धको खेल गुमाउने भएका हुन्।

अर्जेन्टिनाका मुख्य प्रशिक्षक लिओनल स्कालोनीले सोमबार घोषणा गरेको २५ सदस्यीय टोलीमा उनको नाम समावेश गरेका छैनन्।

विश्वकप छनोटमा शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले शुक्रबार दोस्रो स्थानको उरुग्वेसँग खेल्नेछ। त्यसको चार दिनपछि मंगलबार अर्जेन्टिनाले ब्युनोस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा पाँचौं स्थानको ब्राजिलको सामना गर्नेछ।

अर्जेन्टिनाले १२ खेलबाट २५ अंक जोडेको छ। समान खेलबाट उरुग्वेको २० र ब्राजिलको १८ अंक छ। मेसी मात्रै होइन, अर्जेन्टिनाका अन्य महत्त्वपूर्ण खेलाडीहरू पनि यी दुई खेलका लागि अनुपस्थित हुनेछन्।

प्रकाशित: ५ चैत २०८१ ७:०० | Tuesday, March 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast