अमेरिकी दूतावासले भन्यो– कानुन उल्लंघन गरेको पाइए देश निकाला गछौँ

हिमाल प्रेस ६ चैत २०८१ १५:५५ | Wednesday, March 19, 2025
अमेरिकी दूतावासले भन्यो– कानुन उल्लंघन गरेको पाइए देश निकाला गछौँ

काठमाडौँ- नेपालस्थित अमेरिकी दूतावासले नियम उल्लंघ गरे भिसा रद्द गरी देशबाट निष्कासन गर्ने चेतावनी दिएको छ।

भिसा जाँचको क्रम नरोकिने भन्दै दूतावासले अमेरिकी कानुन उल्लंघन गरे देशबाट निष्कासन गर्ने चेतावनी दिएको हो।

अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम नरोकिने दूतावासले जनाएको छ। अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना भइरहेको सुनिश्चित गर्न निरन्तर रूपमा भिसावाहकहरूको जाँच गर्ने दूतावासले जनाएको हो।

‘अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन। सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छने भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसावाहकहरूको जाँच गछौँ,’ दूतावासले भनेको छ,‘यदि उनीहरूले नियम उल्लंघन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौँ।’

प्रकाशित: ६ चैत २०८१ १५:५५ | Wednesday, March 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast