अब राजतन्त्र आउनु सूर्य पश्चिमबाट फर्किनु जस्तै हो : जुली महतो

हिमाल प्रेस ३ चैत २०८१ १३:०८ | Sunday, March 16, 2025
अब राजतन्त्र आउनु सूर्य पश्चिमबाट फर्किनु जस्तै हो : जुली महतो

काठमाडौँ- नेकपा एमालेकी सांसद एवं पूर्वमन्त्री जुलीकुमारी महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको दुरदर्शी नेतृत्वमा आफूहरुले देखेका विकासका परीणाम सुर्यझैं स्पष्ट पारेकी छिन्।

उनले भनिन्,‘जब सूर्य उदाउँछ, केही दल र व्यक्तिहरु अझै दियोको प्रकाशलाई याद गर्छन्, आज हाम्रो लोकतन्त्रको सूर्य चम्किरहँदा केहीले अझै राजतन्त्रको मैनबत्तीलाई सम्झन्छन्। यो विरोधाभाष होइन र? सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको दुरदर्शी नेतृत्वमा हामीले देखेका विकासका परीणामहरू सूर्यझैँ स्पष्ट छन्। सुखी नेपाली र समृद्ध नेपालको यात्रा सुरु भएको छ।’

अहिले दिगो विकासतर्फ उल्लेखनीय प्रगति भएको पनि उनको दाबी छ। उनले लोकतन्त्रको प्रभाव देखेर अन्धकारमा फर्कन चाहेनहरूलाई अब पश्चिमबाट सूर्य उदाउन नसक्ने भएजस्तै समाप्त भैसकेको राजतन्त्र फर्कन नसक्ने ठोकुवा गरिन्।

प्रकाशित: ३ चैत २०८१ १३:०८ | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast