 
                             
                                            काठमाडौँ- राप्रपाको महिला संगठनीकी पूर्वअध्यक्ष अन्जना शाह रावल कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेकी छन्।
महिला संगठनको अध्यक्षबाट राजीनामा दिई राजावादी अभियानमा क्रियाशील रावल राप्रपा नेपाल प्रवेश गरेकी हुन्।
बुधबार सिफलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले उनलाई पार्टीमा स्वाग गरे।
राप्रपा नेपाल प्रवेश गरेकी रावललाई सहमहामन्त्रीको जिम्मेवारी दिइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले सबै राजावादी, हिन्दुवादी र संघीयताविरोधी एक ठाउँमा आएर भ्रष्ट व्यवस्था र शासकको विकल्प खोज्न सडकमा आउनुपर्ने बताए।
दलहरूकै असक्षमता र असफलताका कारण अब संघीय, धर्मनिरपेक्षता, गणन्त्रको आयु सकिएको उनको भनाइ थियो।
नव प्रवेशी रावलले राजसंस्था र हिन्द राष्ट्रको एजेण्डाको सुत्रधार अध्यक्ष थापा भएको बताइन्। उनले राप्रपा नेपालका अध्यक्ष थापालाई कमजोर बनाएर एजेण्डा स्थापित हुन नसक्ने उल्लेख गरिन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 