अग्रता जोगाउन नसक्दा साविक विजेता ललितपुर बराबरीमा

हिमाल प्रेस १७ चैत २०८१ ७:२७ | Sunday, March 30, 2025
अग्रता जोगाउन नसक्दा साविक विजेता ललितपुर बराबरीमा

काठमाडौँ-  अग्रता जोगाउन नसक्दा साविक विजेता ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएलएल) मा काठमाडौं रेजर्ससँग २-२ को बराबरीमा रोकिएको छ।​

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न उद्घाटन खेलमा ललितपुरका लागि जनाथन कान्टीलाना र आदित्य शाक्यले गोल गरे। काठमाडौँका ओमोडोउ डिओप र भिन्सेन्ट कोजिएलोले गोल फर्काए।

खेलको पाँचौ मिनेटमा कान्टीलानाको गोलमार्फत ललितपुरले अग्रता लियो। कान्टीलानाको प्रहार काठमाडौँका रक्षक कमल श्रेष्ठलाई लागेर गोलमा परिणत भएको थियो।​

​आदित्यले १५औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए। इमो इजीकेलको प्रहारलाई काठमाडौँका गोलरकिपर अभिषेक बरालले ब्लक गर्दा प्राप्त रिबाउन्डमा इजीकेलले नै उपलब्ध गराएको पासलाई आदित्यले पोस्टको दिशा दिए।

ललितपुरले आफ्नो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन। ७५औं जिलेस्पीजंग कार्कीको पासलाई डियोपले बक्स भित्रबाट जाली चुमाउँदा काठमाडौँले खेललाई २-१ को स्थितीमा ल्यायो।​

इन्ज्युरी समयमा कोजिएलोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए। ललितपुरका योगेश गुरुङले बक्सभित्र कोजिएलोलाई नै फाउल हानेपछि काठमाडौँले पेनाल्टीको अवसर प्रदान गरेको थियो।

प्रकाशित: १७ चैत २०८१ ७:२७ | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast