संयुक्त राष्ट्रसंघद्वारा घोषित पाँच दिवस आज

हिमाल प्रेस ८ चैत २०८१ ७:३३ | Friday, March 21, 2025
संयुक्त राष्ट्रसंघद्वारा घोषित पाँच दिवस आज

काठमाडौँ- आज पाँच अन्तर्राष्ट्रिय दिवस परेका छन्। संयुक्त राष्ट्रसंघले घोषणा गरेका यी दिवस विश्वका विभिन्न मुलुकमा आफ्नो संस्कृतिअनुसार यी दिवस मनाइँदै छन्।

आज हिमनदी, जातिवाद र जातीय भेदभावविरुद्ध संघर्ष गरिरहेका जनतासँग ऐक्यबद्धता सप्ताहको प्रथम दिन, जातीय भेदभाव उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस अन्तर्राष्ट्रिय वन दिवस, विश्व कविता दिवस अन्तरराष्ट्रिय नौरोज दिवस र विश्व डाउन सिन्ड्रोम दिवस परेका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार दुई अर्बभन्दा बढी जनसंख्या स्वच्छ पेयजलका निम्ति हिमनदीमा निर्भर रहेका छन् भने बाल्कन, ककेसस, इरान, मध्य एसियाली देशमा वसन्त ऋतुको आगमन वा नयाँ दिनको प्रारम्भका रुपमा नौरोज दिवस मनाइन्छ। यो सांस्कृतिक पर्वले ती क्षेत्रका बहुसांस्कृतिक जाति र समुदायलाई एकताको सूत्रमा आबद्ध गर्दै आएको छ।

डाउन सिन्ड्रोम एक मानव स्वास्थ्य समस्या हो। यसबाट विश्वका सबै क्षेत्र केहीहदसम्म प्रभावित छन्।

प्रकाशित: ८ चैत २०८१ ७:३३ | Friday, March 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast