‘राम नाम सत्य’ मा जोडिए विराज, काे हुन् निर्देशक?

हिमाल प्रेस २७ फागुन २०८१ १६:५५ | Tuesday, March 11, 2025
‘राम नाम सत्य’ मा जोडिए विराज, काे हुन् निर्देशक?

काठमाडौँ- अभिनेता विराज भट्ट फिल्म ‘राम नाम सत्य’ मा अनुबन्धित भएका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले निर्देशकसँग कागजी सम्झौंता भएको जानकारी दिएका हुन्।

गत असोजमा प्रदर्शन भएको एक्सनप्रधान फिल्म ‘१२ गाउँ’ सफल भएपछि विराजको चर्चा र क्रेज बढेको छ। उनले १२ गाउँको स्क्वेल बनाउने घोषणा गरिसकेका छन्।

‘राम नाम सत्य’ माइकल चन्दले निर्देशन गर्न लागेका हुन्। यो उनको डेब्यु निर्देशन हो। फिल्ममा उनकै कथा रहनेछ। उनले आफ्नो फेसबुक पोस्टमार्फत फिल्मको कथा केही फरक र विशेष हुने जिकिर गरेका छन्। उनले थुप्रै म्युजिक भिडियो  निर्देशन गरिसकेका छन्। फिल्मको निर्मातामा उत्तम गुरूङ, उपेन्द्र शाही र स्वेता विमली रहने चन्दले बताएका छन्।

प्रकाशित: २७ फागुन २०८१ १६:५५ | Tuesday, March 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast