‘परालको आगो’ मा भित्रिए प्रकाश

हिमाल प्रेस २९ फागुन २०८१ १३:०६ | Thursday, March 13, 2025
‘परालको आगो’ मा भित्रिए प्रकाश

काठमाडौँ- कथाकार गुरुप्रसाद मैनालीको कृतिमा आधारित बन्ने फिल्म ‘परालको आगो’ मा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्। फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले प्रकाशलाई फिल्ममा अनुबन्ध गरेका हुन्।

‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ। निर्माता पोखरेलका अनुसार प्रकाश फिल्मका प्रमुख दुई पात्रमध्ये एक हुन्। यसअघि फिल्मको मुख्य भूमिकामा जितु नेपाल र सुहाना थापा अनुबन्धित भइसकेका छन्।

निर्माता पोखरेलले चामे, गौंथली र जुठे दमाईको वरिपरि घुम्ने कथामा जितु र प्रकाशको क्यारेक्टर चामे र जुठे दमाईमध्ये कुन भन्ने चाहिँ अहिले सस्पेन्समा नै राखेको बताए। कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ।

फिल्ममा सुशील देवकोटाको लेखन, संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सत्य-स्वरूपराज आचार्यको संगीतमा बन्नेछ।

यही नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए। निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले प्रस्तुत गर्न लागेको बताए। फिल्म लक्ष्मण सुनारले निर्देशन गर्नेछन्।

प्रकाशित: २९ फागुन २०८१ १३:०६ | Thursday, March 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast