नेपालमा राजसंस्थासहितको प्रजातन्त्र आउँदैछ : राजेन्द्र लिङ्देन

हिमाल प्रेस २ चैत २०८१ ६:५२ | Saturday, March 15, 2025
नेपालमा राजसंस्थासहितको प्रजातन्त्र आउँदैछ : राजेन्द्र लिङ्देन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिक व्यवस्था परिवर्तनको संघारमा पुगेको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित मिडिया नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले राजसंस्था र लोकतन्त्र एक अर्काको विरोधी नभएको बताए।

उनले वर्तमान राजनीतिमा जनताले राखेको भावनालाई राजतन्त्र रोज्ने कि प्रजातन्त्र रोज्ने भनेर सञ्चारमाध्यमहरुले भ्रम सिर्जना गरेको आरोप लगाए। उनले राजसंस्था र प्रजातन्त्र एकआपसमा परिपूरक भएको भन्दै सञ्चारमाध्यमहरुले उचित सुझाव दिएर आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताए।

उनले भने, ‘हामी सबैभन्दा माथि देश छ, देशभन्दा माथि केही छैन। देश परिवर्तनको संघारमा पुगेको छ। अब यो एक दुई जना कसैले रोकेर रोकिने अवस्थामा छैन। त्यसकारण आफ्नो आस्थालाई केन्द्रमा राखेर अहिले आउनु खोजी राखेका परिवर्तनलाई जनताको भावनालाई अदेखा गर्ने र दुर्घटनातर्फ लैजाने काम हामी कसैले गर्नु हुँदैन। यो परिवर्तन रोकिनेवाला छैन।’

अध्यक्ष लिङदेनले प्रजातन्त्रको जननी बेलायतमा पनि सयौँ वर्षदेखि राजसंस्था कायम रहेको भन्दै नेपालमा संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र कायम हुने जिकिर गरे।

प्रकाशित: २ चैत २०८१ ६:५२ | Saturday, March 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast