नेकपा एसको ‘समाजवादी अभियान’ सुरु

हिमाल प्रेस २ चैत २०८१ १५:३४ | Saturday, March 15, 2025
नेकपा एसको  ‘समाजवादी अभियान’ सुरु

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) ले सुशासन, रोजगारीलगायत विषय केन्द्रित देशव्यापी समाजवादी अभियान सुरु गरेको छ।

आगामी वैशाख २२ गतेसम्म सञ्चालन हुने अभियानमा विभिन्न क्षेत्रका संघ,संगठन तथा व्यक्तिहरुसँग वडा, गाउँ, प्रदेश र केन्द्रस्तरमा छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए।

अभियानका क्रममा शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधारलगायत क्षेत्रमा विज्ञबाट सुझाव संकलन गरिने छ।

जनताका विकासका चाहना पूरा नभएका बेला उनीहरूका असन्तुष्टि सम्बोधन गर्न तथा देशको वर्तमान अवस्थाबारे उनीहरुलाई अवगत गराउन अभियान उपयोगी हुने विश्वास उनले व्यक्त गरे।

प्रकाशित: २ चैत २०८१ १५:३४ | Saturday, March 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast