
झापा- दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको उपाधिका लागि आयोजक भद्रपुर ब्लेजर्स र झापा-११ बीच आज मेची रंगशालामा प्रतिस्पर्धा हुँदैछ।
झापा-११ ले भुटानको डागा युनाइटेड फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा आफ्नो यात्रा सुनिश्चित गरेको हो। बंगलादेशको काउर्न बाजार प्रगति संघलाई हराउँदै आयोजक ब्लेजर्स पनि फाइनलमा पुगेको हो।
प्रतियोगितमा स्वदेशीसहित भारत, भुटान र बंगलादेशका १० टोली सहभागी थिए। विजेता टोलीलाई १३ लाख तथा उपविजेतालाई सात लाख नगद प्रदान गरिनेछ।
प्रकाशित: १६ फागुन २०८१ ७:३६
प्रतिक्रिया