जहाज ‘ग्राउन्डेड’ भएपछि वायुसेवा निगमले माग्यो माफी

हिमाल प्रेस १५ फागुन २०८१ २०:४२
22
SHARES
जहाज ‘ग्राउन्डेड’ भएपछि वायुसेवा निगमले माग्यो माफी

काठमाडौँ- नेपाल वायुसेवा निगमले नियमित उडानमा बाधा आएपछि आफ्ना यात्रुसँग क्षमा मागेको छ। उडानमा बाधा आएर सयौँ यात्रु अलपपत्र परेपछि निगमले माफी मागेको हो।

निगमको चार विमानमध्ये हाल एउटा मात्र सञ्चालनमा रहेको छ। एकैपटक तीन विमान ‘ग्राउन्डेड’ हुँदा निगमको उडान तालिकामा असर परेसँगै यात्रुहरू विभिन्न गन्तव्यमा अलपत्र परेका छन्।

बिहीबार विज्ञप्ति जारी गरेर निगमले प्राविधिक समस्याका कारण यात्रुहरूलाई पर्न गएको असुविधानप्रति क्षमा मागेको हो। ‘हामी आफ्नै विमान वा अन्य उपलब्ध वायुसेवामार्फत उडानको व्यवस्था गरेर यात्रुहरूलाई गन्तव्यसम्म पु¥याउन प्रयत्नरत छौँ,’ विज्ञप्तिमा भनिएको छ।

निगमले आफ्नो वाइडबडी विमान ९एन–एएलवाई बिहीबार साँझसम्म नियमित सेवामा फर्कने दाबी गरेको छ। साथै सी–चेकका लागि चीन गएको न्यारो बडी विमान (९एन–एकडब्लू) ढिलो गरी शनिबारमात्र आइपुग्ने जनाएको छ।

निगमले चीन पठाइएको विमानसँग सम्बन्धित ढिलाइ र अन्य समस्याहरूको अध्ययन गर्न समिति गठन गरेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ,‘समितिले कर्मचारी, मर्मत सम्भार गर्न छानिएको संस्था वा एजेन्टहरूको तर्फबाट कुनै लापारबाही भएको पाइएमा कानुनी कारबाहीका लागि सिफारिस गर्नेछ।’

विभिन्न गन्तव्यमा अलपत्र परेका यात्रुहरूलाई वैकल्पिक उडानको व्यवस्था नभएसम्म निगमकै खर्चमा होटलको सुविधान प्रदान गरिने निगमले जनाएको छ।

प्रकाशित: १५ फागुन २०८१ २०:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast