
काठमाडौँ- सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य भने बढेको छ। चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित: १५ फागुन २०८१ ११:१२
प्रतिक्रिया