
काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको हो । सुन तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि मंगलबार सुन तोलाको १ लाख ७१ हजार ३ सय रुपैयाँमा कारोबार हुँदै अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको थियो। चाँदीको मूल्य आज पनि घटेको छ।
तोलामा ३० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित: १४ फागुन २०८१ ११:२२
प्रतिक्रिया